Logo

१९ फागुन,वीरगञ्ज । वीरगञ्जमा जारी दोश्रो वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगीतामा आज मच्छिन्द्र फुटबल क्लब र एपिआई चर्च ब्वाइज युनाइटेड क्बलबीच खेल हुँदैछ । वीरगञ्जको आर्दशनगर रंगशलामा आज दिउँसो २ः३० बजे यी दुई टोलि बिचको खेल हुने आयोजकले जनाएको छ ।

हिजो भएको तेस्रो खेलमा नेपाल पुलिस क्बलले बागमती युवा क्बललाई २–१ गेल अन्तरले पराजित गरेको थियो । जितसँगै नेपाल पुलिस क्बल सेमिफाईनलमा प्रवेश गरेको छ । पुलिस क्लब साबिकको विजेता विभागीय टोली पनि हो ।

मधेस प्रदेश कै सर्वाधिक धनराशि भएको दोस्रो वीरगन्ज गोल्डकप प्रतियोगितामा विजेता टोलीलाई नगद ११ लाख ११ हजार एक सय एघार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता हुने टोलीलाई पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ नगद, ट्रफी,मेडल र प्रमाणपत्रले पुरस्कृत गरिनेछ । प्रतियोगिताको मुख्य प्रायोजकको रूपमा वीरगन्ज महानगरपालिका रहेको छ ।

यो पनि पढ्नुहोस् :-

वीरगञ्जमा जारी दोश्रो वीरगञ्ज गोल्डकपमा विभागीय टोली नेपाल पुलिस क्लब विजयी

वीरगञ्ज गोल्डकप फुटबलमा सलेहस क्लब सिरहा टाईब्रेकरमा विजयी

वीरगञ्ज गोल्डकप स् आज सहलेश सिरहा र संकटा काठमाडौँबिच खेल हुँदै

गढवाललाई पराजित गर्दै,वीरगञ्ज युनाइटेड दोस्रो वीरगञ्ज गोल्डकपको सेमिफाइनलमा

मधेस प्रदेशकै सर्वाधिक धनराशीको दोस्रो वीरगञ्ज गोल्डकप आजबाट सुरु

मधेस प्रदेश कै सर्वाधिक धनराशि भएको दोस्रो वीरगञ्ज गोल्डकप शनिबारदेखि हुने


सम्बन्धित समाचार