Logo

१९ फागुन,वीरगञ्ज । वीरगञ्जमा जारी दोश्रो वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगितामा आजको खेलमा विभागीय टोली नेपाल पुलिस क्लब विजयी भएको छ ।

वीरगञ्जको आदर्शनगर रंगशालामा आज भएको तेस्रो खेलमा नेपाल पुलिस क्बलले बागमती युवा क्बललाई २–१ गेल अन्तरले हराउँदै विभागीय टोली पुलिस क्लब सेमिफाईनलमा प्रवेश गरेको छ । पुलिस क्लब साबिकको विजेता विभागीय टोली पनि हो ।

पहिलो हाफमा १–१ को बराबरी खेलेको पुलिसले दोस्रो हाफको ७६ औं मिनेटमा नपाल पुलिस क्लबका उज्जवल राईले गोल गर्दै आफ्नो पक्षमा जित निकालेका हुन् । अस्ती शनिवारदेखि सुरु भएको प्रतियोगितामा दुई खेल सम्पन्न भइसकेका छन् ।

आज हुने खलेको विजेता सेमिफाइनलमा पुग्ने तेस्रो टिम बन्ने छ ।भोलीको खेल विभागीय मच्छिन्द्र फुटबल क्लब र एपिआई चर्च ब्वाइज युनाइटेड क्बलबीच दिउँसो साढे दुईबजे हुने आयोजकले जनाएको छ ।

भेट्रान्स सिटी क्लब वीरगञ्जले आयोजना गरेको मधेस प्रदेशकै सर्वाधिक पुरस्कार राशिको दोस्रो संस्करणको प्रतियोगिताका विजेताले ११ लाख ११ हजार १११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख ५५ हजार ५५५ रुपैयाँसहित पुरस्कृत हुने आयोजकले जनाएका छन् ।

यो पनि पढ्नुहोस् :-

जारी दोस्रो वीरगञ्ज गोल्डकप स् नेपाल पुलिस क्लब र बाग्मती युथ क्लबबिच खेल हुँदै

वीरगञ्ज गोल्डकप फुटबलमा सलेहस क्लब सिरहा टाईब्रेकरमा विजयी

वीरगञ्ज गोल्डकप स् आज सहलेश सिरहा र संकटा काठमाडौँबिच खेल हुँदै

गढवाललाई पराजित गर्दै,वीरगञ्ज युनाइटेड दोस्रो वीरगञ्ज गोल्डकपको सेमिफाइनलमा

मधेस प्रदेशकै सर्वाधिक धनराशीको दोस्रो वीरगञ्ज गोल्डकप आजबाट सुरु

मधेस प्रदेश कै सर्वाधिक धनराशि भएको दोस्रो वीरगञ्ज गोल्डकप शनिबारदेखि हुने


सम्बन्धित समाचार