Logo

६ साउन, काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका–९ मुलखर्कस्थित सिप्रिङ खोलामा आएको अचानकको बाढीले जनजीवन अस्तव्यस्त बनाएको छ ।

गए राति ११ बजेदेखि बढेको बाढीले करिब १० मेगावाट क्षमताको सिप्रिङ खोला जलविद्युत केन्द्रको ड्याम साइड पूर्ण रूपमा पुरेको छ भने खोलाको तीव्र कटानका कारण भीरमा अड्किएर जीवनरक्षाका लागि भौंतारिएका चार जना कर्मचारी—सुकदेव श्रेष्ठ, सूर्यबहादुर तामाङ, कल्याण विक र विनोद श्रेष्ठको स्थानीय बासिन्दाले बिहानै सकुशल उद्धार गरेका छन् ।

गाउँपालिका अध्यक्ष विश्वास कार्कीका अनुसार जोखिममा परेका उनीहरूलाई सुरक्षित स्थानमा ल्याइएको छ भने सिंगटी र गोंगरबाट घटनास्थलतर्फ प्रस्थान गरेको प्रहरी टोली पनि पुग्ने क्रममा रहेको छ ।

बाढीले गोठ कुरुवा बसेका स्थानीय ७३ वर्षीय वृद्ध चसमान तामाङलाई बगाएर बेपत्ता बनाएको छ भने उनको खोजीका लागि तीव्र प्रयास जारी छ । यस प्राकृतिक विपद्का कारण जलविद्युत केन्द्रको उत्पादनसमेत पूर्ण रूपमा बन्द भएको छ ।


सम्बन्धित समाचार
भर्खरै