Logo

६ साउन, काठमाडौं । पूर्व–पश्चिम राजमार्गको मुख्य ट्रान्जिट मानिनेशट मानिने चितवनमा सवारी दुर्घटनाको कहालीलाग्दो चित्र बाहिर आएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको गत आर्थिक वर्ष २०८२०८३ को तथ्याङ्कअनुसार यस जिल्लामा अन्य महिनाको तुलनामा सबैभन्दा बढी साउन महिनामा सवारी दुर्घटना हुने गरेको पाइएको छ। गत आवको साउनमा मात्रै ७० वटा दुर्घटना हुँदा ६ जनाले ज्यान गुमाएका छन् भने १२१ जना घाइते भएका छन् ।

बर्खाको समयमा सडक चिप्लो हुने र सवारी साधनमा प्राविधिक समस्या आउने कारणले साउनमा दुर्घटना उच्च हुने गरेको छ भने मानवीय क्षतिका हिसाबले फागुन, चैत र कात्तिकमा बढी क्षति भएको देखिन्छ। साउनपछि असोजमा ६७ र मङ्सिरमा ६४ वटा दुर्घटना रेकर्ड भएका छन् ।

त्यस्तै, समयको हिसाबले दिनको उज्यालो भन्दा साँझको समयमा चालकहरू बढी जोखिममा पर्ने गरेका छन् । तथ्याङ्कअनुसार साँझ ६ बजेदेखि राति १२ बजेसम्मको अवधिमा मात्रै २१४ वटा दुर्घटना भएका छन् । दिउँसो १२ देखि साँझ ६ सम्म १५६ र बिहान ६ देखि १२ बजेसम्म १२४ वटा दुर्घटना हुँदा राति १२ देखि बिहान ६ बजेसम्म सबैभन्दा कम ५१ वटा दुर्घटना भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख अनिल थापाका अनुसार साँझको समयमा अत्यधिक सवारी चाप हुनुका साथै गाडीको लाइट र सडकको प्रकाशसम्बन्धी समस्याका कारण त्यस समयमा दुर्घटनाको ग्राफ उच्च हुने गरेको छ ।


सम्बन्धित समाचार
भर्खरै