
१९ फागुन,वीरगञ्ज । वीरगञ्जमा जारी दोश्रो वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगीतामा आज विभागीय टोली नेपाल पुलिस क्लब र बाग्मती युथ क्बलबीच खेल हुँदैछ । वीरगञ्जको आर्दशनगर रंगशलामा आज दिउँसो २ः३० बजे यी दुई टोलि बिचको खेल हुने आयोजकले जनाएको छ ।
हिजो भएको खेलमा टाईब्रेकरमा सलेहस फुटबल क्लब सिरहाले संकटा क्लब काठमाडौंलाई ५–४ गोल अन्तरले पराजित गरेको थियो । जितसँगै सलेहस फुटबल क्लब सेमीफाईनलमा प्रवेश गरेको छ ।
मधेस प्रदेश कै सर्वाधिक धनराशि भएको दोस्रो वीरगन्ज गोल्डकप प्रतियोगितामा विजेता टोलीलाई नगद ११ लाख ११ हजार एक सय एघार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता हुने टोलीलाई पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ नगद, ट्रफी,मेडल र प्रमाणपत्रले पुरस्कृत गरिनेछ । प्रतियोगिताको मुख्य प्रायोजकको रूपमा वीरगन्ज महानगरपालिका रहेको छ ।
यो पनि पढ्नुहोस् :-
वीरगञ्ज गोल्डकप फुटबलमा सलेहस क्लब सिरहा टाईब्रेकरमा विजयी
वीरगञ्ज गोल्डकप स् आज सहलेश सिरहा र संकटा काठमाडौँबिच खेल हुँदै
गढवाललाई पराजित गर्दै,वीरगञ्ज युनाइटेड दोस्रो वीरगञ्ज गोल्डकपको सेमिफाइनलमा
मधेस प्रदेशकै सर्वाधिक धनराशीको दोस्रो वीरगञ्ज गोल्डकप आजबाट सुरु
मधेस प्रदेश कै सर्वाधिक धनराशि भएको दोस्रो वीरगञ्ज गोल्डकप शनिबारदेखि हुने