Logo

२१ फागुन,वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिका– ४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा विद्यार्थीहरु अचानक बेहोस हुन थालेपछि अभिभावकहरु चिन्तित बनेका छन् ।

विद्यालयमा अध्ययनरत १८ विद्यार्थी सोमबार अचानक बेहोस भएर लडेका थिए । उनीहरुको अवस्था उपचारपछि सामान्य बनेको छ । यो समस्या देखिएपछि गाउँपालिकाले दुई दिनका लागि विद्यालय बन्द गरेको छ ।

विद्यार्थीहरु अचानक बेहोस हुनुलाई चिकित्सकले ‘मास हेस्टोरिया’ भनेका छन् । तर स्थानीयले भूतप्रेतले सताएको दावी गरेका छन् ।

बुधवार विद्यालयका शिक्षक र अभिभावकहरुको बैठकले समस्या समाधान गर्न नजिकै रहेको श्मशान घाट अर्को ठाउँमा सार्नेसहितका तीन बुँदे निर्णय गरेका छन् ।

वडाध्यक्ष संजय साहको अध्यक्षतामा बसेको शिक्षक र अभिभावकहरुको बैठकले मनोबिज्ञहरुलाई बोलाएर विद्यार्थीहरुलाई परामर्श दिने, विद्यालयसँग टाँसिएको आर्यघाट अर्को ठाउँमा सार्ने र शान्ति स्थापनाका लागि पूजा पाठ गराउने निर्णय गरेका छन् ।

वडाध्यक्ष साहले पढ्न गएका छात्र–छात्राहरु अचानक बेहोस हुने समस्या समाधान गर्न तीन बुँदे निर्णय गरेको जानकारी दिए ।

यो पनि पढ्नुहोस् :-

अपडेट : बेहोस भएका विद्यार्थीहरु डिस्चार्ज भए, ‘कन्भर्सन डिस्अर्डर’ को अनुमान

पर्साको कटिबलुवामा ३० जना भन्दा धेरै छात्रा बेहोस

 


सम्बन्धित समाचार