
२९ फागुन, काठमाडौँ । नेपाल प्रहरीको ‘डिएसपी हुँ’ भन्दै ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भक्तपुरको सुर्यविनायक नगरपालिका- ४ घर भई हाल काठमाडौं महानगरपालिका- ३ बस्ने ४७ वर्षीय राजु कर्मी श्रेष्ठ रहेका छन्।
उनले मकवानपुरको हेटौँडा उपमहानगरपालिका- १८ घर भई हाल काठमाडौं महानगरपालिका- ३ बस्ने केदारप्रसाद पौडेल, सम्भु प्रसाद पौडेल, सोही ठाउँका सुजन थापा र मुलपानीका नारायणबहादुर राउतलाई आफू ‘डिएसपी हुँ’ भन्दै ठगेको आरोप छ।
साथै, पक्राउ परेका श्रेष्ठले फूलमाया कामीलाई कामका लागि भनेजस्तो देशमा पठाइदिने लगायतका विभिन्न बाहाना तथा आश्वासन दिई ७ लाख ८७ हजार रुपैयाँ ठगी गरेको भनी जाहेरी दरखास्त परेको थियो।
उनलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति प्राप्त भई सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।