
२९ फागुन,वीरगञ्ज । एकहजार पाँचसय पिस प्रतिबन्धित लागू औषध पनि प्रहरीले बरामद गरेको छ ।
बाराको सिम्रौनगढ नगरपालिका वडा नं.६ स्थित सतुवाई सीमाना एरियामा इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटिएको प्रहरी टोलीले एकहजार पाँचसय विभिन्न प्रतिबन्धित लागूऔषध हिजो बरामद गरेको हो ।
प्रहरीले पाएको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट गस्तिले गस्ती गर्दै जाने क्रममा भारतको घोडासहन तर्फबाट नेपालको सिम्रौनगढ बजारतर्फ आउदै गरेको व्यक्तीले प्रहरीगस्ती टोलीलाई देखेर प्लाष्टिकको बोरा फालेको र भारततर्फ फरार भएको थियो ।
गस्तीमा रहेको प्रहरी टोलीले फरार व्यक्तिले फालेको झोला खोली हेर्दा ५ वटा सानो कार्टुनको पोकामा टेप लगाईएको अवस्थामा रहेको विभिन्न प्रतिबन्धित लागूऔषध बरामद गरेको हो ।
प्रहरीले बरामद गरेको काटुनको टेप खोलेर हेर्दा डाईजेपाम पाँचसय एम्पुल, नुर्फिन पाँचसय एम्पुल, फेनारगन पाँचसय एम्पुल गरी एकहजार पाँचसय एम्पुल प्रतिबन्धित लागूऔषध बरामद भएको बारा प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए ।