Logo

३ असार, काठमाडौँ । काठमाडौँको कुलेश्वर क्षेत्रमा लागुऔषधको अवैध कारोबार गरिरहेको अवस्थामा प्रहरीले चलाएको ‘अप्रेसन’का क्रममा गोली प्रहार भएको छ ।

लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको इन्स्पेक्टर राकेश यादव नेतृत्वको टोलीले कारोबारीलाई नियन्त्रणमा लिने क्रममा दुई राउण्ड गोली चलाएको हो । उक्त कारबाहीमा परी एक नेपाली र एक भारतीय नागरिक पक्राउ परेका छन् ।

ब्युरोका एसएसपी सुवासचन्द्र बोहोराका अनुसार, पक्राउ परेकाहरूको साथबाट ठूलो परिमाणमा औषधीजन्य लागुऔषधसमेत बरामद गरिएको छ । गोली प्रहारका क्रममा घाइते भएका भारतीय नागरिकको देब्रे खुट्टामा चोट लागेको छ ।

कुलेश्वरको पुल नजिकै भएको यस घटनापछि लागुऔषध कारोबारको सञ्जाल र पक्राउ परेका व्यक्तिको थप पृष्ठभूमिबारे ब्युरोले अनुसन्धान सुरु गरेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ ।


सम्बन्धित समाचार