३ असार, काठमाडौँ। केही घण्टाअघि देखिएको प्राविधिक समस्या समाधान भएसँगै सामाजिक सञ्जाल फेसबुक पुनः सञ्चालनमा आएको छ ।
आइतबार दिउँसो करिब साढे १ बजेदेखि विशेषगरी डेस्कटप (वेब ब्राउजर) मा देखिएको समस्याका कारण प्रयोगकर्ताहरूले फेसबुक चलाउन पाएका थिएनन् । सो समयमा फेसबुक खोल्दा ‘एकाउन्ट अस्थायी रूपमा उपलब्ध छैन’ भन्ने सन्देश देखिएको थियो ।
फेसबुकको ब्राउजर भर्सनमा देखिएको उक्त अवरोध केही घण्टापछि स्वतः हटेको छ र हाल प्रयोगकर्ताहरूले सहज रूपमा फेसबुक चलाउन थालेका छन् ।
यद्यपि, फेसबुकको मूल कम्पनी ‘मेटाुले यो प्राविधिक समस्या के कति कारणले आएको थियो भन्नेबारे हालसम्म कुनै आधिकारिक जानकारी वा कारण सार्वजनिक गरेको छैन । फेसबुक पुनः सञ्चालनमा आएसँगै प्रयोगकर्ताहरूले फेरि सहज रूपमा आफ्नो खाता र पेजहरू चलाउन पाएका छन् ।




















