३० बैशाख, वीरगञ्ज । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ शनिबारबाट फेरि सुरु हुने भएको छ। भारत–पाकिस्तानबीचको तनावका कारण केही समयका लागि स्थगित गरिएको प्रतियोगिता अब १७ मे २०२५ (शनिबार) देखि पुनः सुरु भई ३ जुन २०२५ सम्म चल्नेछ ।
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले भारत सरकार र सुरक्षा निकायसँग विस्तृत छलफलपछि प्रतियोगिता पुनः सुरु गर्ने निर्णय लिएको हो । सबै प्रमुख सरोकारवालाहरूको सहमतिमा बाँकी रहेका १७ खेलहरू सञ्चालन गरिने तय भएको छ ।
बीसीसीआईका अनुसार, फाइनल खेल जुन ३ मा हुनेछ। साथै, बिहीबार रद्द गरिएको पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल पनि हुने जनाइएको छ ।
क्वालिफायर मे २९ र इलिमिनेटर ३० मा हुनेछ। त्यस्तै, क्वालिफायर २ जेठ १८ गते (जुन १) मा हुनेछ।















