२६ असार, काठमाडौं । नेपाली कांग्रेसले पार्टीभित्रको अनुशासन कायम राख्न सक्रियता देखाएको छ।
पार्टीको अनुशासन समितिले २६ जना नेता तथा कार्यकर्तालाई पार्टी हितविपरीतका गतिविधिु नगर्न सचेत गराएको छ ।
समितिका संयोजक आनन्द ढुङ्गानाका अनुसार, गत निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार वा समर्थन गरिएका उम्मेदवारलाई असहयोग गरेको भन्दै परेका उजुरीका आधारमा यो कदम चालिएको हो । सचेत गराइएकाहरूमा कैलालीका २, डोल्पाका १०, सल्यानका ११, दैलेखका १ र खोटाङ तथा धनुषाका १/१ जना गरी कुल २६ जना छन् ।
कारबाही फुकुवाको लामो सूची
यसैबीच, तीन तहका निर्वाचनमा पार्टीका निर्णयविरुद्ध उम्मेदवार बनेका वा त्यस्ता उम्मेदवारको प्रस्तावकरसमर्थक बनेर कारबाहीमा परेका ८८ जना नेता तथा कार्यकर्ताले भने आफ्नो कारबाही फुकुवाको माग गर्दै पुनरावेदन निवेदन दिएका छन् ।
अनुशासन समितिले प्राप्त गरेका पुनरावेदन निवेदनहरूमध्ये लुम्बिनी प्रदेशबाट सर्वाधिक ३६ जना रहेका छन् । यस्तै, मधेश प्रदेशबाट २३, कोशीबाट १७, कर्णालीबाट ४, बागमतीबाट ४, गण्डकीबाट ३ र सुदूरपश्चिमबाट १ जनाले निवेदन दिएको समितिले जनाएको छ ।















