२७ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै व्यक्तिगत मार्जिन कर्जाको सीमा बढाएर २५ करोड रुपैयाँ पुर्याएको छ ।
यसअघि यो सीमा १५ करोड रुपैयाँ रहेको थियो। राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले आज जारी गरेको आफ्नो पहिलो मौद्रिक नीतिमार्फत यो घोषणा गरेका हुन् । सेयर लगानीकर्ताहरूले लामो समयदेखि मार्जिन कर्जाको सीमा हटाउन वा बढाउन माग गर्दै आएका थिए, जसलाई यस नीतिले सम्बोधन गरेको छ । यो निर्णयले सेयर बजारमा लगानी गर्ने व्यक्तिहरूलाई थप तरलता उपलब्ध गराउने र बजारको गतिविधिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।















