Logo

८ भदौ, काठमाडौं । बजारमा अत्यधिक तरलता (ऋण दिन मिल्ने रकम) भएपछि त्यसलाई व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँ खिच्ने भएको छ।

बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरण मार्फत उक्त रकम बजारबाट तान्न लागेको हो। आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोलको समय तोकिएको छ। यसमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले भाग लिन पाउनेछन् । निक्षेप संकलनमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र त्यसभन्दा माथि ५ करोड रुपैयाँले भाग जाने गरी बोलकबोल गर्नुपर्नेछ।
यस उपकरणको सावाँ तथा ब्याज भुक्तानी भदौ २९ गते हुनेछ।

जब बजारमा धेरै तरलता हुन्छ, यसले मुद्रास्फीति बढाउन सक्छ। राष्ट्र बैंकले बजारबाट पैसा खिचेर तरलता सन्तुलनमा ल्याउने प्रयास गर्छ, जसले मूल्य नियन्त्रण गर्न मद्दत पुर्‍याउँछ।


सम्बन्धित समाचार