Logo

८ भदौ, काठमाडौं । अशोक राईको नेतृत्वमा रहेको जनता समाजवादी पार्टीले सरकारमा रहेका आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

पार्टी बैठकले गरेको यो निर्णयबारे प्रधानमन्त्री कार्यालयलाई समेत जानकारी गराइएको छ। पार्टीका उपाध्यक्ष परशुराम बस्नेतका अनुसार, वर्तमान मन्त्रीहरू प्रदीप यादव र नवलकिशोर साहलाई फिर्ता बोलाइनेछ। उनीहरूको ठाउँमा डा. वीरेन्द्र महतो र रञ्जु झालाई नयाँ मन्त्रीका रूपमा सरकारमा पठाउने निर्णय भएको छ।

उपाध्यक्ष बस्नेतले भने, ‘दुवै जना मन्त्रीले भदौ ११ गतेभित्र राजीनामा दिनुहुनेछ। त्यसपछि नाम सिफारिस गरिएका दुई नयाँ अनुहार सरकारमा सहभागी हुनुहुनेछ।’ पार्टीले यसअघि यादव र साहलाई एक वर्षका लागि मन्त्री बनाएर पठाएको थियो। उनीहरू आफ्नो समयसीमाभन्दा बढी समय सरकारमा रहिसकेका छन्।

पार्टीको आन्तरिक समीकरण

डा. वीरेन्द्र महतो यसअघि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी सरकारमा हुँदा वनमन्त्री भएका थिए। रञ्जु झा (ठाकुर) उपेन्द्र यादवबाट अलग भएर जसपा गठन भएपछि पनि बिना विभागीय मन्त्रीका लागि सिफारिस गरिएको थियो, तर एक वर्ष कुर्नुपर्ने चर्चा थियो ।


सम्बन्धित समाचार