Logo

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

८ भदौ, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा निराशा छाएको छ।

नेप्से परिसूचक १८ दशमलव ०२ अंकले घटेर २७३९ दशमलव ९५ अंकमा सीमित भएको छ। कारोबार सुरु भएपछि केही समय बढेको बजार त्यसपछि भने निरन्तर ओरालो लागेको थियो।

बजार घट्दा पनि कारोबारमा उत्साह

बजारको अंक घटे पनि कारोबार रकममा भने वृद्धि देखिएको छ। अघिल्लो दिन ५ अर्ब २ करोड रुपैयाँको कारोबार भएकोमा आइतबार ६ अर्ब ५४ करोड रुपैयाँको सेयर किनबेच भएको छ। यो वृद्धिले लगानीकर्ताहरू बजारमा सक्रिय नै रहेको संकेत गर्छ।

उत्पादनबाहेक सबै सेक्टरमा रातो पोतियो

आज उत्पादन तथा प्रशोधन समूहको सूचक ०।१५ प्रतिशतले बढे पनि अन्य सबै समूहमा गिरावट आयो। विशेषगरी विकास बैंक समूह सबैभन्दा बढी १ दशमलव ६९ प्रतिशतले घट्यो। बैंकिङ, फाइनान्स, जलविद्युत्, जीवन बीमा लगायतका प्रमुख समूहहरूमा पनि गिरावट देखिएको छ।


सम्बन्धित समाचार