Logo

८ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१र८२ मा १२।५ प्रतिशतले कर्जा बढ्ने प्रक्षेपण गरे पनि कर्जा प्रवाहको वास्तविक वृद्धिदर ८ दशमलव ४ प्रतिशतमा सीमित भएको छ।

यो तथ्याङ्कले राष्ट्र बैंकको अपेक्षाभन्दा कर्जा प्रवाह कमजोर रहेको देखाउँछ। यद्यपि, अघिल्लो आर्थिक वर्ष ९२०८०र८१० मा ५।८ प्रतिशतले मात्र कर्जा बढेको थियो, जसको तुलनामा यो वर्षको वृद्धि राम्रो मान्न सकिन्छ।

कुन क्षेत्रमा कति कर्जा प्रवाह?

गत आर्थिक वर्षमा निजी क्षेत्रमा प्रवाहित कुल कर्जामध्ये ६२ दशमलव ८ प्रतिशत गैर–वित्तीय संस्थागत क्षेत्रमा र ३७।२ प्रतिशत व्यक्तिगत तथा घरपरिवार क्षेत्रमा गएको छ। औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ७ दशमलव ९ प्रतिशतले बढेको छ । यातायात तथा सञ्चार क्षेत्रमा कर्जा प्रवाह १५ दशमलव ५ प्रतिशतले बढ्यो, जुन सबैभन्दा उच्च वृद्धि हो। सेवा उद्योग क्षेत्रमा कर्जा १२ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ । थोक तथा खुद्रा व्यापार क्षेत्रमा कर्जाको वृद्धिदर ३ दशमलव ४ प्रतिशतमा सीमित भयो। सबैभन्दा चिन्ताजनक पक्ष कृषि क्षेत्रमा कर्जा प्रवाह ० दशमलव २ प्रतिशतले घट्नु हो।

यो वर्ष कर्जा प्रवाहमा अपेक्षाअनुसारको वृद्धि नभए पनि विभिन्न क्षेत्रमा भएको असमान वृद्धिले अर्थतन्त्रका केही क्षेत्रमा लगानी बढिरहेको र केही क्षेत्रमा भने सुस्तता कायमै रहेको देखाउँछ।


सम्बन्धित समाचार