Logo

९ भदौ, काठमाडौं । लामो समयदेखि चर्चामा रहेको नेकपा (माओवादी केन्द्र) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीचको एकता प्रक्रियाले गति लिएको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाका महासचिव विप्लवबीच आज बिहान भएको भेटवार्ताले पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउने संकेत गरेको छ। प्रचण्डले आफ्नो पार्टीको स्थायी समितिले एकताको निर्णय गरिसकेको जानकारी दिँदै विप्लवलाई पनि सकारात्मक निर्णय लिन आग्रह गरेका थिए। जवाफमा विप्लवले भदौ २२ गते बस्ने आफ्नो पार्टीको केन्द्रीय समिति बैठकले यसबारे निर्णय गर्ने बताएको उनी निकट स्रोतले जनाएको छ।

यो भेटलाई कतिपयले समाजवादी मोर्चालाई थप बलियो बनाउने रणनीतिका रूपमा पनि हेरेका छन् । राजनीतिक विश्लेषकहरूका अनुसार, यो एकताले नेपालको कम्युनिस्ट आन्दोलनमा नयाँ समीकरण ल्याउन सक्छ। यद्यपि, दुवै पक्षले राजनीतिक कुराकानीभन्दा बढी पारिवारिक र कृषि फार्म अवलोकन भएको दाबी गरे पनि यसलाई एकता प्रक्रियाको एक महत्वपूर्ण कदमका रूपमा लिइएको छ।

 


सम्बन्धित समाचार