Logo

२३ भदौ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भर्चुअल प्राइभेट नेटवर्क (VPN) को प्रयोग नगर्न आग्रह गरेको छ । सरकारले सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गरेपछि धेरै प्रयोगकर्ताले VPN मार्फत ती प्लेटफर्म प्रयोग गर्न थालेपछि मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै यसलाई असुरक्षित, अनाधिकृत र जोखिमपूर्ण भनेको हो ।

मन्त्रालयका अनुसार VPN प्रयोग गर्दा इन्टरनेट प्रयोगकर्ताको वास्तविक ठेगाना लुकेर अन्य स्थानबाट सामाजिक सञ्जाल चलाएको जस्तो देखिन्छ, जसले व्यक्तिगत डेटा चोरी हुने र सुरक्षा जोखिम बढ्ने सम्भावना रहन्छ ।

सरकारले सामाजिक सञ्जाललाई पूर्ण रूपमा निषेध वा नियन्त्रण गर्न नभई स्वनियमनमार्फत व्यवस्थित, मर्यादित र जवाफदेही प्रयोग गर्ने वातावरण बनाउने लक्ष्य लिएको स्पष्ट पारेको छ ।

मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म ‘हाम्रो पात्रो’ र ‘ग्लोबल डायरी’ सामाजिक सञ्जाल दर्ता भइसकेका छन् भने ‘एक्स (Twitter)’ र ‘विच्याट’ ले दर्ताका लागि आवश्यक विवरण माग गरेका छन् ।

Sanchar mantralayko notice


सम्बन्धित समाचार