प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२९ कात्तिक,काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी संरचना विस्तार गर्दै पदाधिकारी तथा कार्यकारिणी सदस्य थप्ने निर्णय गरेको छ। पार्टीको केन्द्रीय समितिको बैठकपछि एक उपाध्यक्ष, एक महासचिव र सात केन्द्रीय कार्यकारिणी सदस्य थपिने जानकारी पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले दिएका छन्।

बस्नेतका अनुसार कार्यकारिणी सदस्य पदपूर्तिमा समावेशीता सुनिश्चित गर्न मधेशी दलित १, महिला २, मुस्लिम १ र खुला ३ को कोटा राखिएको छ। आगामी केन्द्रीय समितिको बैठकमार्फत निर्वाचन गरेर पदपूर्ति गरिने जनाएको छ।

पदाधिकारी तथा सदस्य थप भएपछि जसपा नेपालको पदाधिकारी संख्या २१ हुने छ भने केन्द्रीय कार्यकारिणी समितिको संख्या ४१ पुग्नेछ।

यसैगरी पार्टीले केन्द्रीय समितिमा पाँच सदस्य थप गर्ने निर्णय पनि गरेको छ। पार्टीले संरचना सुदृढिकरणलाई आगामी संगठन विस्तार अभियानको मुख्य आधार मानेको बताइएको छ।


सम्बन्धित समाचार
भर्खरै