३० कात्र्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकको पछिल्लो मासिक प्रतिवेदनअनुसार संघ, प्रदेश र स्थानीय तहका विभिन्न खाताहरूमा १ खर्ब ७४ अर्ब ९२ करोड रुपैयाँ नगद मौज्दात रहेको छ ।
यो मौज्दात २०८२ असोज मसान्तसम्मको तथ्यांक हो । २०८२ असार मसान्तमा सरकारको यस्तो मौज्दात १ खर्ब ३० अर्ब ७३ करोड रुपैयाँ रहेको थियो । यसको अर्थ, तीन महिनाको अवधिमा सरकारी खातामा करिब ४४ अर्ब १९ करोड रुपैयाँ थप भएको देखिएको छ ।
प्रतिवेदनले प्रदेश सरकारहरूको वित्तीय अवस्थाबारे पनि उल्लेख गरेको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा प्रदेश सरकारहरूको कुल खर्च १७ अर्ब १५ करोड रुपैयाँ रहेको छ भने कुल स्रोत परिचालन ४५ अर्ब ८ करोड रुपैयाँ रहेको छ । प्रदेश सरकारको यस स्रोत परिचालनमा संघीय सरकारबाट प्राप्त अनुदान र राजस्वको बाँडफाँटबाट ३५ अर्ब ७ करोड रुपैयाँ र प्रदेश सरकारहरूले आफैँले परिचालन गरेको तथा अन्य स्रोतबाट ९ अर्ब ३५ करोड रुपैयाँ प्राप्त भएको छ ।















