Logo

२६ मंसिर,काठमाडौं । नेकपा एमाले भोलि (शनिबार) भक्तपुरको सल्लाघारीमा एघारौं महाधिवेशनको उद्घाटन सत्र गर्दैछ। उद्घाटनपछि महाधिवेशन बन्दसत्र हुँदै नेतृत्व प्रक्रिया सम्पन्न गराउने तयारीमा छ।

अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने देखिन्छ। अन्य कुनै उम्मेदवारले अहिलेसम्म औपचारिक घोषणा गरेका छैनन्।

यसैबीच, पोखरेल पक्षका नेताहरू थापागाउँस्थित मदन भण्डारी फाउन्डेशन सम्पर्क कार्यालयमा रणनीति तयार पारिरहेका छन् भने ओली निवास गुन्डुमा संस्थापन पक्षका नेताहरूको जमघट देखिएको छ। पार्टी कार्यालय च्यासलमा दुवै पक्षका नेताहरू प्रतिनिधिहरूलाई आफ्नो पक्षमा जुटाउन व्यस्त छन्।

त्यसैबीच, थापागाउँबाट पार्टीका इतर पक्षका युवाहरू ‘रेड मार्च’ गर्दै च्यासलतर्फ गइरहेका छन्। उनीहरूले रातो क्याप लगाएर प्रदर्शनमार्फत आफ्नो उपस्थिती जनाइरहेका छन्।

महाधिवेशनमा अध्यक्ष चयनसँगै आगामी नेतृत्व संरचना र आगामी रणनीतिमा पनि सबैको ध्यान केन्द्रित भएको छ।


सम्बन्धित समाचार