Logo

१० साउन, काठमाडौं । लागूऔषध तस्करहरूले सुरक्षा निकायलाई आँखा छल्न दिनप्रतिदिन नयाँ र अनौठा उपायहरू अपनाउन थालेका छन् ।

भारतबाट मुखभित्र खैरो हेरोइन लुकाएर नेपाल प्रवेश गर्दै गरेका एक युवक झापामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका–९ का २२ वर्षीय अरमान खान रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवाका अनुसार शनिबार साँझ भारतबाट पैदल नेपाल प्रवेश गरिरहेका खानमाथि शङ्का लागेर सुरक्षाकर्मीको टोलीले खानतलासी गरेको थियो ।

जाँचका क्रममा निजले मुखभित्र प्लास्टिकमा सानो पोको पारेर लुकाएर ल्याएको अवस्थामा खैरो हेरोइन बरामद भएको हो । नियन्त्रणमा लिइएका युवकमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार