Logo

१० साउन, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको आर्थिक विकास र पुनरुत्थानका लागि विदेशमा रहेका प्रवासी नेपालीहरूलाई मातृभूमिमा ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ ।

अस्ट्रेलियाका नेपाली युवा उद्यमीहरूसँग आयोजना गरिएको एक भर्चुअल छलफलमा उहाँले ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने सरकार र पार्टीको स्पष्ट नीति रहेको दोहोर्‍याउँदै प्रवासमा रहेका नेपालीहरू मुलुकका सच्चा सद्भावनादूत भएको बताउनुभयो। वर्तमान सरकार देशको समग्र आर्थिक अवस्था सुधार्न र उद्योगमैत्री वातावरण बनाउन प्रतिबद्ध रहेकाले गैरआवासीय नेपालीहरूको साथ र सहयोगको ठूलो अपेक्षा गरिएको उहाँको भनाइ थियो ।

मन्त्री वाग्लेले बजेटमार्फत कर तथा राजस्व प्रणालीमा सुधार गरी लगानीमैत्री नीतिहरू कार्यान्वयनमा ल्याइएको स्पष्ट पार्नुभयो । प्रवासी नेपालीहरूले यहाँ गरेको लगानीको प्रतिफल बिनाकुनै झन्झट र सहज रूपमा फिर्ता लैजान सक्ने व्यवस्था मिलाइएको दिँदै उहाँले सरकारका नीतिहरूमा विश्वस्त रहन अनुरोध गर्नुभयो ।

प्रवासीहरूको पूँजी र सीपलाई नेपालको विकाससँग जोड्नका लागि एनआरएनए बन्ड, अफसोर बन्ड तथा वैकल्पिक वित्त परिचालन जस्ता रूपान्तरणकारी अवधारणा अघि सारिएकाले ढुक्क भएर लगानी विस्तार गर्न उहाँले प्रवासी नेपाली उद्यमीहरूलाई आह्वान गर्नुभयो ।


सम्बन्धित समाचार