Logo

१० साउन, काठमाडौं । वित्तीय शोषणको अन्त्य र न्यायको माग गर्दै लघुवित्त पीडितहरू पुनः सडक आन्दोलनमा उत्रिएका छन् ।

पीडितहरूको संस्था ‘किसान मजदुर आन्दोलन नेपालको आयोजनामा आइतबार काठमाडौँको बल्खुबाट विशाल विरोध र्‍याली निकालिएको हो ।

लघुवित्त संस्थाहरूले गरेका अत्याचार र चर्को ब्याजदरविरुद्ध आवाज उठाउँदै बल्खुबाट सुरु भएको उक्त र्‍याली रत्नपार्कस्थित शान्तिबाटिकासम्म पुगेर विरोध सभामा परिणत हुने आयोजक पक्षले जनाएको छ । आफ्ना मागहरूतर्फ सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउन पीडितहरू काठमाडौँका सडकमा नाराबाजीसहित प्रदर्शनमा उत्रिएका हुन् ।


सम्बन्धित समाचार