Logo

३० कात्र्तिक, काठमाडौं । नेपालको निर्वाचन आयोगमा इतिहासमै पहिलो पटक यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको नेतृत्वमा राजनीतिक दल दर्ताको निवेदन परेको छ ।

आइतबार नुमा लिम्बूको अध्यक्षतामा ‘समावेशी समाजवादी पार्टी’ ले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको हो । यस नवगठित पार्टीले आफ्नो चुनाव चिह्नका रूपमा ‘ध्वजा वा चक्र प्रस्ताव गरेको छ । निर्वाचन आयोगले दल दर्ता प्रक्रिया पुगेमा आजै (आइतबार) दल दर्ताको प्रमाणपत्र प्रदान गर्ने जनाएको छ । यो दर्ता प्रक्रियाले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनअघि नै नेपालको राजनीतिक र सामाजिक समावेशीकरणको क्षेत्रमा एउटा महत्वपूर्ण कदम थपेको छ ।


सम्बन्धित समाचार