३ मांघ,काठमाडौं। नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपाल ले शनिबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।
संघले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने माथिका मुद्दा कमजोर बनाउन गरिएको प्रयास तथा भेनेजुयलामा अमेरिकी हस्तक्षेपको विरोधमा प्रदर्शन गरेको जनाएको छ।
विरोध प्रदर्शनमा युवा संघका उपाध्यक्ष महमराज गुरुङ ले सरकार निर्वाचन सफल गराउनेभन्दा विभिन्न ‘सेटिङ’ का काममा व्यस्त रहेको आरोप लगाए। उनले भने, “सुशीला कार्की प्रधानमन्त्रीको रूपमा काम गरिरहँदा यो सरकारले निर्वाचन सफल गराउनेभन्दा पनि दुःख गरेर सहकारीमा जम्मा गरिएका रकमसँग सम्बन्धित सहकारी ठगी प्रकरणमा फौजदारी अभियोग लागेका रवि लामिछानेको मुद्दा फिर्ता लिने जस्ता सेटिङका काम गरिरहेको छ।”
गुरुङले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह प्रति पनि आलोचना गर्दै भने, “झुक्किएर मेयर बनेका बालेन शाह झापाबाट केपी शर्मा ओली सँग चुनाव लड्ने कुरा निराधार हो, त्यसो गरे निराश भएर फर्किनुपर्नेछ।”
प्रदर्शनका क्रममा युवा संघका कार्यकर्ताहरूले प्लेकार्डसहित सरकार र रवि लामिछानेविरुद्ध नाराबाजी गरेका थिए।















