Logo

२० असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज (बुधवार) प्रकाशनको तयारी गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले यसअघिको जस्तै लेटर ग्रेडिङमा नतिजा प्रकाशित गर्ने अन्तिम तयारी गरेको जनाएको छ ।

एसईईको नतिजा वेवसाइड, एसएमएस, आइभिआरको माध्यमबाट हेर्न र थाहापाउन सकिने व्यवस्था गरिएको परिक्षा बोर्डले जनाएको छ ।

बोर्डले नेपाल टेलिकम, जनकी टेक्नोलोजी प्रा.ली, इजी सर्मिस, आकाश टेक र क्रियशन सफ्ट नेपाल प्रा.लि.लाई एसएमएस र आइभिआरबाट नतिजा सार्वजनिक गर्न स्वीकृत दिएको जनाएको छ ।


सम्बन्धित समाचार