Logo

२१ असार, काठमाडौं । नेपालगञ्जको कारागारमा एक जना कैदी मृत अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय नेपालगञ्जका अनुसार नीरज गुप्ता नामको उक्त कैदी बिहीबार बिहान शौचालयमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

घटनाबारे मृतकको परीवार र आफन्तलाई खबर गरिएको प्रहरीले जनाएको छ ।

२३ वर्षीय गुप्ता करिब तीन वर्षदेखि कैद सजाय भोग्दै आइरहेका थिए । उनको मृत्युको कारण भने खुल्न सकेको छैन ।


सम्बन्धित समाचार