Logo
गाउँसभा हुन नसक्दा २ बर्षदेखि महिला स्वयंसेविकाहरुले पाएनन् तलब

८ असोज,वीरगञ्ज । पर्साको जीराभवानी गाउँपालिका आफन्त र नातागोता मिलेर अस्तव्यस्त बनाएको छ । २०७९ सालको स्थानीय तहको निर्वाचनमा गाउँपालिका प्रमुखमा भारतमा इञ्जिनियरिङ अध्ययन गरिरहेका युवा अनुज चौधरीलाई नेपाली कांग्रेसबाट पालिका प्रमुखमा उम्मेदवार बनाई विजयी गराए । भर्खरको युवालाई स्थानीय तहको ठूलो जिम्मेवारी दिँदा उनको कार्यक्षमता नै कमजोर देखिएको छ ।