४ चैत, चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ६, चोकबजारका स्थानीय जीवन पौडेलले १० वर्ष वैदेशिक रोजगारीमा बिताएर सिकेको सीपलाई स्वदेशमै प्रयोग गर्दै आफ्नो व्यवसाय सफल बनाएका छन् । विदेशमा रहँदा उनी केवल सीप मात्र होइन, अनगिन्ती चुनौती, कठिन परिश्रम, मानसिक र शारीरिक थकान, पसिना र कहिलेकाहीँ रगतसम्म बगेको अनुभव