१८ जेठ, काठमाडौं । सरकारले बजेटमार्फत सुनचाँदी तथा हिरा–पत्थरका गहनामा थपेको नयाँ कर व्यवस्था विरुद्ध व्यवसायीहरूले आक्रोश पोखेका छन् । तीन ठूला संघ–संस्थाहरू—नेपाल हस्तकला महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले संयुक्त विज्ञप्ति जारी गर्दै बजेटमा प्रस्तुत गरिएको कर नीति तत्काल फिर्ता लिन सरकारसँग माग