Logo
अधिकांश स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा

२२ असार,  काठमाडौँ । बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुको प्रभावले देशभर पूर्णतया बदली रही ति तीन प्रदेशका अधिकांश भूभाग र बाँकी प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ ।