१६ असार, काठमाडौं । पछिल्ला केही दिनयता उपभोक्ता अदालतले उपचारका क्रममा लापरबाही देखिएको ठहर गर्दै चिकित्सक र अस्पतालहरूलाई लाखौँ रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएपछि चिकित्सा क्षेत्रमा गम्भीर तरंग उत्पन्न भएको छ । चिकित्सकहरूले आफूहरू विज्ञानमा आधारित सेवा दिने पेशाकर्मी भएको बताउँदै यस्ता निर्णयले स्वास्थ्य सेवा नै संकटमा पर्ने चेतावनी दिएका