Logo

बलिउड अभिनेत्री सुस्मिता सेन र उनका प्रेमी रोहमान शाल सामाजिक सञ्जालमा अत्यन्त सक्रिय रहने गर्दछन् । उनीहरु सामाजिक सञ्जालमार्फत एक अर्काप्रति माया दर्शाइरहेका हुन्छन् ।

सुस्मिता हालै आफ्नो इन्स्ट्राग्राममा लाइभ आइन् । साथमा थिए उनको प्रेमी रोहमान पनि । सुस्मिताले आफ्ना फ्यानलाई प्रेमी चिनाउँदै मेरो साथ ‘यी ह्यान्ड्सम म्यान पनि छ’ भनिन् । यतिकैमा सुस्मिताको लाइभमा कमेन्ट गरिरहेका एक प्mयानले सोधे– ‘तपाईंहरु विवाह गर्दै हुनुहुन्छ हो?’ प्mयानको यो प्रश्नमा रोहमनको जवाफ थियो– ‘सोधेर बताउँछु ।’ सुस्मिताले भने हास्दै भनिन्– ‘छिमेकीसँग सोधेर बताउँछु ।’

यहीबीच केही भारतीय अनलाइनले सुस्मिता र रोहमनले विवाहको संकेत दिएको जनाएका छन् । सामाजिक सञ्जालमार्फत चिनजानमा आएका सुस्मिता र रोहमानको उमेरमा १५ वर्ष फरक छ । सुस्मिता १५ वर्षले जेठी छिन् । सुस्मिता ४४ वर्षकी हुन् भने रोहमानको उमेर २९ वर्ष हो । एक अन्तर्वार्तामा सुस्मिताले आफूसँग रोहमानले शुरु–शुरुमा उमेर लुकाउने गरेको बताएकी थिइन् ।


सम्बन्धित समाचार