Logo

२१ असोज, वीरगन्ज । सत्तारुढ गठबन्धनको सिट बाँडफाँट गर्न शुक्रबार बालुवाटारमा बसिरहेको बैठकबाट जनता समाजवादी पार्टी बाहिरिएको छ । जसपा बाहिरिएपछि गठबन्धनमा तालमेल जुटाउन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बैठकमा प्रवेश गरेको छ ।

बालुवाटार स्रोतका अनुसार जसपाले गठबन्धन छोडेर एमालेसँग चुनावी तालमेल गर्ने भएपछि सत्तारुढ गठबन्धनले लोसपालाई बैठकमा सहभागी गराएको हो ।लोसपाका एक नेताका अनुसार बालुवाटार बैठकमा नेताहरू शरतसिंह भण्डारी, अनिल झा, जितेन्द्र सोनाललगायतका नेताहरू सहभागी छन् ।जसपाका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरू भने बिहीबार साँझदेखि एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूसँग चुनावी तालमेलका लागि छलफलमा थिए । शुक्रबार पनि जसपा नेताहरु एमालेसँग छलफलमा छन् ।


सम्बन्धित समाचार