Logo

४ साउन, काठमाडौं । सरकारले मुलुकमा दिइँदै आएका सार्वजनिक बिदाहरूको वैज्ञानिक पुनरावलोकन गर्ने उद्देश्यले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा एक विशेष कार्यदल गठन गरेको छ ।

नवनियुक्त मुख्यसचिवको अध्यक्षतामा बसेको सचिवहरूको बैठकले सार्वजनिक बिदाबारे व्यापक अध्ययन तथा विश्लेषण गर्न आवश्यक ठाउँदै उक्त निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधिहरू सदस्य रहने गरी गठन भएको यस कार्यदललाई १५ दिनभित्र सम्पूर्ण अध्ययन सम्पन्न गरी गृह मन्त्रालयसमक्ष आधिकारिक प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ ।


सम्बन्धित समाचार