Logo

१० मंसिर, काठमाडौं । समानुपातिक प्रणाली तर्फको पछिल्लो मतगणनामा नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पछि पार्दै माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको हो । यस अघि राष्ट्रिय स्वतन्त्र पार्टी निरन्तर तेस्रो स्थानमा थियो ।

दिउँसो पौने ४ बजे सम्मको मतगणना अनुसार तेस्रो स्थानमा रहेको माओवादीले ८ लाख ७० हजार ४८६ मत पाएको छ भने चौथो स्थानमा झरेको रास्वपाले ८ लाख ३५ हजार ६५० मत पाएको छ ।

पहिलो स्थानमा रहेको नेकपा एमालेले २० लाख १३ हजार ७१० मत पाएको छ । दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ । कांग्रेसले १९ लाख ४६ हजार ५०२ मत पाएको छ । पाचौ स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ४३ हजार २३६ मत ल्याएको छ ।


सम्बन्धित समाचार