Logo

२९ मंसिर, वीरगञ्ज ।वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदी सफाइका लागि महानगरमा रहेको उद्योगमा पानी प्रशोधन केन्द्र स्थापना भए नभएकोबारे अनुगमन गर्न जाँदा एक दाल मिल उद्योगको गोदाममा सडेको दालको गोदाम नै भेटिएको छ।

महानगरपालिका र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले मंगलबार बिहान वीरगञ्ज महानगरपालिका–२१ मा रहेको उद्योगको अनुगमन गरेको थियो। महानगरका उपप्रमुख इम्तियाज आलम र सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलको संयुक्त टोलीले वडा नम्बर २१ म रहेको शक्ति दाल मिलमा पानी प्रशोधन केन्द्र स्थापना भए नभएकोबारे अनुगमन गरेको थियो।

तर, फोहोर पानी प्रशोधन केन्द्रको अनुगमन गर्न गएको टोली उक्त उद्योगको गोदाममा सयौ बोरामा रहेको कुहिएको दाल फेला पारेको थियो। महानगरमा रहेको सिर्सिया नदीमा यहाँका उद्योगले फोहोर पानी बिना प्रशोधन मिसाउँदै आएको बारेमा अनुगमनका लागि गएको टोलीले दाल मिलमा सयौ बोरामा प्याकिङ गरी राखिएको अवस्थामा कुहिएको दालको उद्योगको गोदाममा राखिएको अवस्थामा फेला पारेको थियो।

अनुगमनको क्रममा दाल मिलले पानी प्रशोधन केन्द्रसमेत स्थापना नगरेको पाइएको तथा कुहिएको दालसमेत प्याकिङ गरी राखिएको अवस्थामा फेला पारिएको महानगरका उपप्रमुख इम्तियाज आलमले जानकारी दिए।

पानी प्रशोधन केन्द्र स्थापना नगरी उद्योगबाट निस्केको फोहोर पानीसमेत सिर्सिया नदीमा उद्योगले मिसाउँदै आएको भेटिएको उनले बताए।अनुगमनको क्रममा कुहिएको दाल भेटिएपछि उद्योगमा सिलबन्दी गरिएको अनुगमनमा सहभागी पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए।

उद्योगमा कार्यरत मजदुरले व्यवस्थापक भारतको रहेको तथा उनी एक हप्ताको बिदा लिएर उतै गएको जानकारी टोलीलाई गराएका थिए। उद्योग प्रशासनका कोही नभेटिएपछि महानगरको अनुगमन टोलीले उद्योग प्रशासनलाई महानगरमा पठाइदिन भनी फर्केको थियो। साथै, सो क्रममा उपप्रमुख आलमले छिट्टै पानी प्रशोधन केन्द्र स्थापना गरी पानी प्रशोधन गरेर मात्रै सिर्सिया नदीमा मिसाउन निर्देशन दिएका थिए।


सम्बन्धित समाचार