Logo

१ माघ, ठोरी पर्सा । पर्साकाे विकट गाउँ सिकारीबासमा इन्टरनेट सेवाको पहुँच पुगेको छ। ठोरी गाउँपालिका वडा नंं ३ मा पर्ने सो गाउँमा इन्टरनेट सेवा प्रदायक पिडिएस सेवाले इन्टरनेट सेवा उपलब्ध गराएको हो ।

सिकारीबासका स्थानीयले निशुल्क प्रयोग गर्न पाउने सो इन्टरनेट सेवा माघे सङ्क्रान्तिको अवसर पारेर आज ठोरी गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठ र ठोरी ३ का वडाध्यक्ष शम्भु खड्काले संयुक्त रुपमा शुभारम्भ गरेका हुन ।

ठोरी गाउँपालिकाको सहयोगमा इन्टरनेट सेवा उपलब्ध भएको सिकारीबासका युवा राजेन्द्र चौधरीले जानकारी दिए । इन्टरनेट जडान तथा सो को सम्पुर्ण शुल्क समेत ठोरी गाउँपालिकाले ब्योहोर्ने छ ।

विद्युत सेवा नपुगेको सो गाउमा तत्काल सौर्य प्रणाली मार्फत इन्टरनेट सन्चालन गरिने ठोरी गाउँपालिकाका अध्यक्ष श्रेष्ठले बताए ।


सम्बन्धित समाचार