Logo

२५ माघ,वीरगञ्ज । पर्साको अधिकांश पालिकामा तथ्याङक प्राप्त गर्ने व्यवस्थापन नीतिको अवस्था कमजोर रहेको सरोकारवालाले गुनासो गरेका छन् । डिजिटल राईट्स नेपालले होटल दियालो लड्र्समा आयोजना गरेको कार्यक्रममा सहभागी वतmाहरुले यस्तो गुनासो गरेका हुन् । वीरगन्जमा हिजो साझँ डिजीटल राईट्स् सम्बन्धि परामर्श तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

उनीहरुले अहिलेको डिजिटल यूगमा पनि तथ्यांकको उचित व्यवस्थापन संघ, प्रदेश वा स्थानीय सरकारले गर्न नसकेको कारण कार्यालय संचालनमा समेत समस्या सिर्जना भइरहेको बताएका छन् । पत्रकार, सर्वसधारण लगायत सबैलाई विषयवस्तुबारे जानकारी लिन समस्या पर्ने गरेको उनीहरुको गुनासो छ ।

डिजिटल राईट्स् नेपालका संस्थापक अध्यक्ष सन्तोष सिग्देलले प्रमाणमा आधारित तथ्यांक नितिको व्यवस्थापन देशको तीनै तहकै सरकार र कार्यालयहरुमा अति आवश्यक भएकाले यसबारे अभियान नै संचालन गरेर जागरुक बनाउनुपर्नेमा जोड दिनुभयो ।

वीरगन्ज महानगर लगायत ६ वटा स्थानीय तहमा तथ्यांक व्यवस्थापनका लागि सहजीकरण भईरहेको तथा कतिपय स्थानीय तहमा प्ररिक्षण कार्य समेत सुरु गरिएको उहाँको भनाई छ । कार्यक्रममा सहभागी तन्नेरी चासोका शिवनाथ यादवले विभिन्न स्थानीय तहले कानुनी आवश्यता र बाध्यताका कारण मात्रै डिजिटल डाटाको प्रयोग गर्ने गरेको तर सबैलाई सुचित तथा जागरुक गराउने गरी प्रयोगमा नल्याएको अवस्थामा स्थानीय तहका कर्मचारीसंगै सर्वसाधारणलाई यसबारे जनचेतना जगाउन आवश्यक रहेको जानकारी दिनुभयो ।

विजामका कार्यक्रम संयोजक नीरज साहले तीन वटै तहका सरकारमा तथ्यांक व्यवस्थापनबारे निति नबनेको तथा लागु नभएको अवस्थामा स्थानीय स्तरबाटै तथ्यांक व्यवस्थापनका लागि दबाब दिन आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा सहभागीहरुले तथ्यांक व्यवस्थापन निति हरेक स्थानीय तहमा लागु गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले आफुहरुले जुनसुकै विषयसँग सम्बन्धित तथ्यांक माग्दा पनि अधिकांश तहमा दुख मात्रै पाउने गरेको बताएका छन् ।

 


सम्बन्धित समाचार