Logo

६ फागुन, वीरगञ्ज । नारायणगढ–मुग्लिन सडक खण्ड आजदेखि थप १५ दिन दिउँसोको समयमा बन्द हुने भएको छ । चिसेन्जी खोला र तुइनखोलामा सडक बढाउन पहरो काट्ने काम नसकिएपछि थप १५ दिन यातायात बन्द गर्न लागिएको हो ।

सडक आयोजना प्रमुख किरण कार्कीका अनुसार आजदेखि यही २० गतेसम्म १५ दिन दिउँसो १२ बजेदेखि ४ बजेसम्म गाडी रोकेर पहरो काट्ने काम गरिनेछ ।

यसअघि गएको पुस ५ गतेदेखि ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको थियो । त्यसपछि माघ ६ गतेदेखि भने दिउँसो १२ बजेदेखि ४ बजेसम्म थप ३० दिन बन्द गरिएको थियो ।

थप गरिएको समय आज सकिएको छ । तर काम नसकिएपछि सरोकारवालासँग छलफल गरी थप १५ दिन दिउँसोको समयमा सडक बन्द गर्ने निर्णय भएको चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार