Logo

२६ मंसिर,काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन्। यससँगै प्रधानमन्त्री कार्कीले चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन्।

स्रोतका अनुसार, आजै मन्त्रिपरिषद् विस्तारको प्रक्रिया अघि बढ्नेछ। बिहीबार मात्रै प्रधानमन्त्री कार्कीले शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गरेकी थिइन्।

मन्त्रिपरिषद् विस्तारमा चार जना नयाँ मन्त्री थपिने स्रोतले जनाएको छ। यद्यपि, कुन-कुन मन्त्रालयमा नियुक्ति हुने भन्ने विवरण अझै खुलाइएको छैन। प्रधानमन्त्रीको निर्णयमा यस विषयमा परामर्श भइरहेको स्रोतले बताएको छ।


सम्बन्धित समाचार