Logo

११ फागुन, वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिकाले एसईई परिक्षा दिने विद्यार्थीका लागि अतिरिक्त कक्षा संचालन गर्ने भएको छ । पालिकाले आज सुचना निकाल्दै फागुन १४ गते आईतबारदेखि चैत्र १७ गतेसम्म अतिरिक्त कक्षा सञ्चालन गर्ने जानकारी गराएको हो ।

पालिका अन्र्तगतका सम्पूर्ण सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले बिहान र बेलुका अतिरित्त कक्षा संचालन गर्न माग गरेका थिए ।

सोही अनुसार कक्षा सञ्चालन गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत मोहम्मद सेरे मुस्तफाले जानकारी दिनुभयो । अतिरिक्त कक्षामा सहभागी हुन इच्छुक विद्यार्थीलाई नामांकन गराउन सूचना मार्फत आव्हान गरिएको छ । यस वर्ष एसईई परिक्षा ०८० बैशाख ९ गतेदेखि हुँदैछ ।


सम्बन्धित समाचार