Logo

१७ फागुन,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा सुमार्ग बिन्दु आमा फाउन्डेसनको अगुवाईमा पशुअधिकारकर्मीले विरोध ¥याली निकालेका छन् । सामुदायिक कुकुर मारेको विरोधमा उनीहरुले आज शान्तिपूर्ण विरोध ¥याली निकालेर प्रदर्शन गरेका हुन् ।

कुकुर हाम्रो सरंक्षक हो, कुकुर मार्ने अभियान बन्द गर, निरिह कुकुरलाई मार्न पाईदैन, निरिह कुकुरलाई मार्नु कुनै पुरुषार्थ होइन, निरिह कुकुरलाई मार्नु दण्डनीय अपराध हो लेखिएका प्लेकार्ड सहित उनीहरुले प्रदर्शन गरेका थिए । घण्टाघरबाट निस्किएको विरोध ¥याली माईस्थान चोक, आर्दशनगर, अलखिया मठ, घडीअर्वा हुदैँ पुनः घण्टाघर चोकमै पुगेर सम्पन्न भएको हो ।

¥यालीपछि घण्टाघर चोकमै कार्यक्रमको आयोजना गरि उनीहरुले हालसम्म मारिएका कुकुरहरुको तस्विरमा फूलमाला चढाएर श्रद्धान्जली समेत अर्पण गरेका छन् । डेढ महिना यता वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा सडकका कुकुरलाई विष खुवाएर एवम् अभियान नै संचालन गरेर मार्ने गरिएपछि सरोकारवाला निकायको ध्यानाकर्षण गराउन आज शान्तिपूर्ण ¥याली सहित प्रदर्शन गरिएको सुमार्ग बिन्दु आमा फाउन्डेशनकी अध्यक्ष प्रतिभा कोईरालाले जानकारी दिनुभयो ।

 


सम्बन्धित समाचार