Logo

२ चैत,वीरगञ्ज । दोस्रो परवानीपुर गोल्डकप २०७९ को दोस्रो सेमिफाईनल खेलमा जनकपुर स्पोर्ट क्लब जनकपुर जित निकाल्दै फाईनलमा प्रवेश गरेको छ ।

परवानीपुर खेल मैदानमा गोरखा फुटबल क्लब सर्लाहीलाई हराउँदै जनकपुर स्पोर्ट क्लब जनकपुर फाईनलमा प्रवेश गरेको हो । प्रतियोगिता अन्तर्गत आज भएको खेलमा गोरखा फुटबल क्लब सर्लाहीलाई १–० गोल अन्तरले पराजित गर्दै जनकपुर स्पोर्ट क्लब जनकपुर फाईनलमा प्रवेश गरेको आयोजक क्लबका बरिस्ठ उपाध्यक्ष उपाध्यक्ष अनिल श्रीवास्तवले जानकारी दिए ।

खेलको म्यान अफ दि म्याच जनकपुर स्पोर्ट क्लब जनकपुरका जर्सी नम्बर १ का गोलकिपर सागर मगरले पाएका थिए । उनलाई वीरगन्ज महानगरपालिका वडा नम्बर २१ का वडा अध्यक्ष राधाकृष्ण रौनियारले नगद ५ हजार र ट्रफि प्रदान गरेका थिए ।

९० मिनेटको निर्धारित समयको पहिलो हाफ सम्ममा दुवै टिमले विना गोलको बराबरी खेलेका थिए । सुरु देखि नै रोमान्चक भएको खेलमा गोल हुन नसकेपछि खेल टाईब्रेकरमा धकेलिएको थियो । ट्राइब्रेकरमा पहिलो पटक दुबै टोलि बराबरी गोल गरेका थिए ।त्यसपछि दुबै टिमका गोलकिपरले पालो पालो गोल हान्नलाई अवसर पाए ।

त्यसमा पहिलो पटक जनकपुर स्पोर्ट क्लब जनकपुरका गोल किपर मगरले गोल गरे । भने गोरखा फुटबल क्लब सर्लाहीका गोलकिपर मिस गरेपछि जनकपुर स्पोर्ट क्लब जनकपुर फाइनलमा प्रवेश गरेको हो । यसअघि आयोजक परवानीपुर युथ क्लब परवानीपुरलाई वीरगन्ज युनाइटेड क्लब वीरगन्जले ट्राइब्रेकरमा हराउँदै फाइनलमा प्रवेश गरिसकेको छ ।

चैत ४ गते शनिबार वीरगन्ज युनाइटेड क्लब वीरगन्ज र जनकपुर स्पोर्ट क्लब जनकपुर बीच फाइनल प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा मधेश प्रदेशका ६ वटा र बागमती प्रदेशका दुई वटा गरी ८ टिमको सहभागी थिए ।प्रतियोगिता चैत ४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा प्रथम हुनेलाई १ लाख ५० हजार, दोस्रो हुनेलाई ७५ हजार नगद शिल्ड तथा मेडल प्रदान गरिने आयोजक परवानीपुर युथ क्लबले जनाएको छ ।


सम्बन्धित समाचार