Logo

५चैत,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आगामी शैक्षिक सत्रका लागि सामुदायिक विद्यालय र निजी विद्यालयको साझा क्यालेन्डर बनाउनेगरि काम अघि बढाएको छ ।

साझा क्यालेन्डर बनाउने बारे आज बैठक बसेको शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले जानकारी दिनुभयो । बैठकले क्यालेन्डरको मस्यौदा तयार गर्न महानगरका शिक्षा अधिकृत आनन्द लामिछाने, नेपाल शिक्षक संगठनका विनोद गिरी र प्याब्सनका महानगर अध्यक्ष आलोक चौरसिया सदस्य रहेको तीन सदस्यीय समिति गठन गरेको उहाँले बताउनुभयो ।

यो समितिले मस्यौदा तयार गरेपछि अन्य शिक्षक संघ संगठन र एन प्याब्सनका प्रतिनीधि समेतको बैठक बसेर अन्तिम रुप दिने उहाँको भनाई छ । दुवैखाले विद्यालयबाट प्रदान हुने शिक्षामा एकरुपता ल्याउने उद्देश्यले साझा शैक्षिक क्यालेन्डर बनाउन लागिएको शैक्षिक प्रशासन महाशाखा प्रमुख कर्णले बताउनुभयो ।


सम्बन्धित समाचार