Logo

UNDP has the right to use image in perpetuiy. Photo: Viacheslav Lopatin/Shutterstock.com

७ चैत,वीरगञ्ज । वीरगञ्जको नारायणी सेन्ट्रल अस्पतालमा कोरोना विरुद्धको फाइजर खोपको बुस्टर डोज लगाईने भएको छ । सरकारको नियमित कार्यक्रम अन्र्तगत चैत्र ९ र १० गते अस्पतालमा कोभिड–१९ विरुद्धको पहिलो र दोस्रो मात्राको डोज खोप लगाईने भएको हो ।

गत चैत्र ५ गते पर्साका प्रमुख जिल्ला अधिकारी एवम् खोप संयोजक हिरालाल रेग्मीको अध्यक्षतामा बसेको बैठकले नारायणी सेन्ट्रल अस्पतालमा कोभिड–१९ विरुद्धको फाइजर कम्पनिको पहिलो र दोस्रो मात्रा डोजको खोप लगाउने निर्णय भएको हो । सोही निर्णयबमोजिम अस्पताल प्रशासनले यहि चैत ९ र १० गते बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म निःशूल्क रुपमा खोप लगाईने अस्पतालका मेडिकल निर्देशक डा. प्रमोद कुमार सर्राफले जानकारी दिनुभयो ।

डा. सार्रफले १२ वर्षमाथिमा गर्भवती महिला, दीर्घरोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति तथा राष्ट्र सेवाका कर्मचारी र ५५ वर्ष माथिका सबैले बुस्टर डोजको खोप लगाउन सक्ने बताउनुभयो । पहिलो र दोस्रो खोपको मात्रा लगाएकाले मात्र बुस्टर डोज लिन सक्ने उहाँको भनाई छ ।

पहिलो मात्रा खोप लगाएको ६ महिना पूरा भएकालाई दोस्रो बुस्टर खोप दिइने उहाँले बताउनुभयो । कोरोना भाइरसको संक्रमण घट्दै गएपछि खोप लगाउन समेत नागरिले बेवास्ता गरेका छन् । विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त यस खोपले कुनै असर नगर्ने भएकाले सबैलाई खोप लगाउन आवहान समेत गरिएको छ ।


सम्बन्धित समाचार