Logo

८ चैत, काठमाडौं । मन्त्रालयको भागबण्डा मिलाउन सत्तारूढ गठबन्धनको बैठक आव बस्दैछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयका अनुसार बुधबार साँझ ५ बजे बैठक बस्ने गरी तयारी भइरहेको छ।सत्तारूढ गठबन्धनमा अहिले १० दल सहभागी छन्।

चैत ६ प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वासको मत पाएपछि मन्त्रिपरिषदलाई पूर्णता दिन लागिएको छ।अहिले माओवादी केन्द्र र जनमत पार्टी मात्र सरकारमा सहभागी भएका छन्।

खाली रहेका १६ वटा मन्त्रालयमा कुन दलबाट कति जना मन्त्री बनाउने भन्ने विषय टुंगो लाग्न बाँकी छ।दोस्रो पटक विश्वासको मत पाएपछि प्रधानमन्त्री प्रचण्ड चार दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका थिए।


सम्बन्धित समाचार