Logo

८ चैत,वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकामा जंगलबाट बस्ती पसेको चितुवा अझै नियन्त्रणमा आएको छैन ।

ईलाका प्रहरी कार्यालय पोखरीयाका एकजना प्रहरी जवानसहित तीन जनालाई नङग्राले आक्रमण गरि घाइते बनाएको चितुवालाई नियन्त्रणमा लिन प्रयास गरेपनि अझै नियन्त्रणमा आउन नसकेको हो । पोखरिया नगरपालिका–५ सतवरिया टोलमा जंगलबाट बस्ती पसेको चितुवा बिहानैदेखि गोठघरमा बसेको छ ।

बिहान बस्ती पसेको चितुवालाई नियन्त्रणमा लिन नेपाल प्रहरी, वनकर्मी टोली र पर्सा राष्टिय निकुञ्जबाट पनि टोली बिहानैबाट खटिएपनि चितुवालाई नियन्त्रणमा लिन नसकिएको हो ।

चितुवा नियन्त्रणमा लिन डिभिजन वन कार्यालयले पर्सा राष्ट्रिय निकुञ्जसित सहयोग मागेको भए पनि निकुञ्जमा डाटगन (बेहोस) गर्ने टोली नभएकाले चितवन राष्ट्रिय निकुञ्जबाट डाटगन टोलीलाई खबर गरिएको पर्सा राष्ट्रिय निकुञ्जका सुचना अधिकारी सूर्य खडकाले जानकारी दिनुभयो । चितवनबाट डाटगन टोली आएपछि बेहोस गरेर नियन्त्रणमा लिने उहाँले बताउनुभयो ।

बिहानैदेखि सो स्थानमा ईलाका प्रहरी कार्यालय पोखरीया, वन कर्मचारीहरु स्थानियहरुको सुरुक्षाका लागि तैनाथ छन् ।

 


सम्बन्धित समाचार